काठमाण्डाै। कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको सहिद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालन गरिने भएको छ ।
आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अर्थमन्त्री प्रकाशशरण महतसँग भेटघाट गरी कैलालीको गेटामा शहीद दशरथ चन्द मेडिकल विश्व विद्यालय सञ्चालन गर्न माग गरेका थिए । उक्त छलफलका क्रममा गेटामा मेडिकल विश्व विद्यालय सञ्चालन गर्ने सहमति भएको नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले बताए ।
उन्ल्र भने, ‘विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीसँग हाम्रो छलफल भएको छ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउने तयारीसहितको सहमति भएको छ, गेटामा विश्वविद्यालय सञ्चालन हुन्छ ।’ यसैगरी अर्थमन्त्री महतले पनि ऐन ल्याएर संसदमा गेटामा मेडिकल विश्व विद्यालय विश्वविद्यालय सञ्चालनका लागि सम्बोधन गर्नु हुने बताइएको छ ।
सांसद आलेले धनगढी–खुटिया–दीपायल–बझाङको उरैभञ्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरी चीनसँगको नाका खोल्न आग्रह गरेका थिए । प्रधानमन्त्री ‘प्रचण्ड’ले सकारात्मक प्रतिक्रिया दिएको सांसद आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ ले विश्व विद्यालयका रुपमा गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनमा ल्याउने र ताक्लाकोट जोड्ने सडकका लागि पर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । सङ्घीय मन्त्रिपरिषद्ले गएको माघ महिनामै गेटामा विश्व विद्यालय सञ्चालन गर्न निर्णय गरेको थियो ।
नीति तथा कार्यक्रममा पनि गेटामा स्वास्थ्य विश्व विद्यालय सञ्चालन गरिने छ भनिएको छ । तर, यही जेठ १५ गतेको सङ्घीय सरकारको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय शैयाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा विराेध सुरु भएको छ ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend