Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्पले टोक्दा एक बालकको मृत्यु


    सोमबार, जेष्ठ २९ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको बागमतीमा सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका –१२, बथाने बस्ने कुमार वि.क. का छोरा चार वर्षीय सलिन वि.क. को विषालु सर्पले टोकेर मृत्यु भएको हो ।

    आइतबार राति सानिआमा कल्पना वि.क.सँग सुतेका सलिन राति ११ बजेतिर एक्कासि रुन थालेपछि सर्पले डसेको आशङ्कामा उपचारका लागि लालबन्दी नगरपालिका –१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । उपचार केन्द्रमा ल्याउँदा बालकको मृत्यु भइसकेको केन्द्रका इन्चार्ज जगर्नाथ यादवले जानकारी दिए । बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्नै नपाएको उनले बताए।

    बुवा वैदेशिक रोजगारीमा रहेको र आमा पनि झापा गएका बेला राति नजिकै रहेको सानिआमाको घरमा गएर सुतेका बेला बालकलाई सर्पले डसेको स्थानीयले बताएका छन् । मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

    गर्मी अत्यधिक बढ्दा उपचार केन्द्रमा अहिले सर्पदंशका बिरामीको चाप बढिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार