काठमाडौं । सानो चट्ट मिलेको ज्यानमा नीला आँखा । शरीरमा रहेको सेतो पखेटा र लामो लहरेदार पुच्छर । अनि चञ्चले स्वभावको स्वर्गचरी (प्याराडाइज फ्लाइक्याचर) का जोडी नेपालमा बच्चा कोरल्न व्यस्त छन् ।
पोथी स्वर्गचरीको जिउ खैरो हुन्छ । आँखा र टाउकोको रङ दुवैको उस्तै हल्का कालो हुन्छ । हेर्दै मन हर्ने सुन्दर रूप भएकाले पनि स्वर्गचरी हेर्न चरा पारखी यो मौसममा वनपाखा धाउने गरेका छन् ।
चराविद् डा। हेमसागर बरालले भन्नुभयो, “यो चरालाई धर्तीको अप्सरासँग तुलना गरेर स्वर्गचरी भन्ने गरिन्छ । पोथी फकाउन पखेटा फैलाउँदै लामो पुच्छर फहराउँदा यो चरा निकै सुन्दर देखिन्छ ।” यो चरीलाई पिँजडामा कैद गर्दा आफैँ विलुप्त भएको जनश्रुति रहेको पाइन्छ । उहाँले स्वर्गबाट विचरण गर्न आएको र चरासँग अन्तध्र्यान हुने शक्ति रहेको प्राचीन कथन रहेको बताउनुभयो ।
स्वर्गचरी नामकरण कसरी गरियो रु ठ्याक्कै उत्तर कसैसँग छैन । साविकको शाही नेपाल प्रज्ञा–प्रतिष्ठानका तत्कालीन कुलपति लैनसिंह वाङ्देल तथा रबर्ट फ्लेनिङले संयुक्त रूपमा लेखेको ‘नेपालका चराहरू’ नामक पुस्तकमा स्वर्गचरी नामकरण गरिएको पाइन्छ र त्यसैका आधारमा यसलाई सोही नामबाट चिन्ने गरिएको छ ।
चराविद् डा। बरालका अनुसार दक्षिण भारत, मलेसिया र श्रीलङ्कामा हुने अत्यधिक गर्मी छल्दै बच्चा कोरल्न स्वर्गचरी नेपाल आउने गरेका छन् । माघको दोस्रो सातादेखि नेपाल यात्रामा निस्कने यो चरा मनसुन सुरु भएपछि आफ्नो देश फर्कन्छ । यतिखेर तराईदेखि उपत्यकाका विभिन्न वनमा स्वर्गचरीको गुँड लागेको छ ।
बर्दियाको उच्च गर्मीदेखि काठमाडौँको मध्यम गर्मीसम्मको मौसम स्वर्गचरीका लागि सुहाउँदो नै मानिन्छ । चराप्रेमी सञ्जय श्रेष्ठले उपत्यकामा टोखा र इचङ्गुमा यो चराको गुँड देखिएको बताउनुभयो । काठमाडौँमा आउने बानी परेकाहरू अन्त बस्दैनन् । यहीँ हुर्केर गएका बचेरा पनि ठूलो भएपछि आफ्ना बच्चा कोरल्न यहीँ आइपुग्ने अनुमान गरिन्छ । काठमाडौँमा प्रायःजसो सिमसार, खोल्साखोल्सी र अलिक ओस परेको क्षेत्रमा यसले गुँड बनाएको पाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend