Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लोसपा अध्यक्ष ठाकुर भारत प्रस्थान


    आइतबार, जेष्ठ २८ २०८०
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    स्वास्थ्य उपचारको ‘फलोअप’ का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

    उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन् ।

    उनी उपचार सकेर एक सातापछि स्वदेश फर्कनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार