काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साहले सामन्तकालमा दमनकारी चरित्र बोकेको राज्य अहिले लुटकारी बन्न पुगेको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले करका दर बढाएर आलुप्याजसम्म पुर्याइएको भन्दै कटाक्ष गरेका हुन्।
‘तपाईं करको दर बढाएको बढायै गरिराख्नु भएको छ। कहाँसम्म पुर्याउनु भएको छ भने किसानहरूको ढाड भाँच्ने गरी पुर्याउनु भएको छ। यस्ता कुराहरूले कसरी समृद्धि आउँछ? सरकारले आशा जगाउनुपर्ने हो, लोकतन्त्रमा त राज्यको चरित्र सेवाकारी, सहयोगी हुनुपर्ने हो, तर चुस्ने, लुट्ने चरित्र देखा पर्छ। एउटा कृषक घाटामा पर्छ, त्यहाँ उभिनुहुन्न, जब नाफा गर्छ अनि कर लगाइदिनु्हुन्छ। कुखुरा फार्म टाट पल्टिएको बेला राज्य हुँदैन। तर, उसले नाफा गर्छ त्यसमा कर लगाइदिनुहुन्छ। गाइ फार्म जब रोग, प्रकोपले घाटामा पर्छ त्यतिबेला तपाईंको उपस्थिति हुँदैन, तर जब ऊ नाफामा हुन्छ तपाईंको उपस्थिति हुन्छ। यो चरित्रलाई के भन्छ? सहयोगी चरित्र भन्छ?,’ उनले भने।
राज्य लुटकारी बनेको र जति सकिन्छ लुट भन्ने चिन्तन हाबी भएको उनको आरोप थियो। यस्तो सोचले कहाँ पुग्ने भन्ने प्रश्न उब्जाएको उनको भनाइ थियो।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend