Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • आत्यधिक गर्मी बढेपछि मन्थलीका निजी विद्यालय बन्द


    आइतबार, जेष्ठ २८ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। केही दिनदेखि अत्यधिक गर्मी बढेपछि रामेछापको सदरमुकाम मन्थलीमा रहेका तीनवटा निजी विद्यालय जेठ मसान्तसम्मका लागि बन्द गरिएको छ।

    गर्मी बढ्दै जाँदा सदरमुकाम मन्थलीको तापक्रम करिब ४० डिग्री सेल्सियस पुगेको छ। अझै बढ्ने क्रम जारी रहेकाले विद्यालय बन्द गरिएको हो।

    जल तथा मौसम विज्ञान विभागले करिब सात दिनपछि मनसुनी वर्षा नेपाल भित्रिने अनुमान सार्वजनिक गरेकोले सो अवधिसम्म विद्यालय बन्द गरिएको तामाकोसी आवासीय स्कुलका प्रधानाध्यापक दीपक खड्काले जानकारी दिए।

    गर्मीका कारण मन्थलीका तामाकोसी आवासीय स्कुल, लिटिल स्टार बोर्डिङ स्कुल र कर्कलादेवी बोर्डिङ स्कुल बन्द भएका छन्। जिल्लाका अधिकांश सामुदायिक विद्यालयले भने हालसम्म सार्वजनिक बिदा दिएका छैनन्।

    यसैगरी गर्मी बढ्दै गयो भने यस विषयमा विद्यालय व्यवस्थापनसँग सहकार्य गरेर विद्यालय बिदाको विषयमा छलफल गर्ने मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार