Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बर्दियामा चितुवाको आक्रमणबाट ५ जना घाइते


    आइतबार, जेष्ठ २८ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बर्दिया। जिल्लाको ठाकुरबाबा नगरपालिका—९ बन्तरियमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । बन्तरियास्थित बाटो छेउमा रहेको दलिराम चौधरीको घर नजिक मकैबारीमा रहेको चितुवाको भिडियो खिचिरहेको समयमा चितुवाले आक्रमण गरेको थियो ।

    २०/२५ जनाको समूहले भिडियो खिचिरहँदा चितुवाले एक्कासि आक्रमण गर्दा ५ जना घाइते भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले चितुवाको आक्रमणमा ठाकुरबाबा–९ का ४९ वर्षीया सीता थरुनी, ३० वर्षीय सोमप्रसाद थारु, ४० वर्षका सोहराम थारु, ४० वर्षिय रामदास चौधरी र २८ वर्षीय चन्द्र बोगोटी सामान्य घाइते भएको बताए ।

    उनीहरुको स्थानीय मेडिकलमा उपचार भइ घर फर्केका छन् । घटनालगतै निकुञ्जबाट आएको टोलीले चितुवालाई नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जमा छाडिदिएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार