Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सन्दीपको तर्फबाट बहस सुरु


    आइतबार, जेष्ठ २८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अधिवक्ता ईश्वरी भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्दीप रायमाझीको तर्फबाट बहस थालेका छन् । शुक्रबार टोपबहादुर रायमाझीको तर्फबाट पूर्वमहान्याधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस सकेपछि आज आइतबार भने सन्दीपको तर्फबाट भट्टराईले बहस सुरु गरेका हुन् ।

    सन्दीपले सानु भण्डारीबाट ४० लाख रुपैयाँ लिएको भेटिएपछि पक्राउ परेका थिए । सानु र सन्दिपबीच व्यापारमा साझेदारी रहेको पनि भेटिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा बयान सकिएपछि प्रतिवादीहरुलाई थुनामा पठाउने कि नपठाउने भन्ने विषयमा क्रमशः थुनथेक बहस चलिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार