Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काभ्रेको खोंचमा खसेका युवकको ८ घन्टापछि उद्धार


    आइतबार, जेष्ठ २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रे। काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका-३ स्थित नारायणस्थानको खोंचमा खसेका एक युवकको ८ घन्टापछि उद्धार गरिएको छ ।

    बेथानचोक नारायणथान मन्दिर घुम्न जाने क्रममा शनिबार महाभारत जंगलमा राति १० बजे हेल्मेट खसेर टिप्न खोज्दा भुम्लु गाउँपालिका-७ फलाटेका २४ वर्षीय सुमन खड्का भीरबाट खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

    उनीसँगै घुम्न गएका साथीहरुले घटनाबारे प्रहरीलाई जानकारी गरापछि प्रहरी नायव उपरीक्षक रेशम बोहोराको नेतृत्वमा २५ जना प्रहरीको टोली खोजी गर्न गएको थियो ।

    खोजीको क्रममा आइतबार बिहान ६ बजेतिर पहरामा अड्किरहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक बोहोराले जनाए । खड्काको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।

    उनलाई उपचारका लागि जिल्लास्थित धुलिखेल अस्पताल पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार