काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले अर्थतन्त्र सुधार्न कुनै काम गर्न नसक्ने गठबन्धनको सरकार देशलाई नै ग्रहण लागेजस्तो भएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै एमाले अध्यक्ष ओली देशको अवस्था बिग्रदै गएको जिकिर गरे। आफ्नो नेतृत्वको सरकार ढलेपछि आएको गठबन्धन सरकारले आर्थिक वृद्धिका लागि काम गर्न नसकेको उनको भनाई थियो।
“अहिले त अवस्था राम्रो छैन। देशलाई नै ग्रहण लागेको जस्तो भएको छ,” ओलीले भने, “यी दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ। देश नराम्ररी पछाडि परेको छ।”
उनले उत्पादन वृद्धिदर पनि घटेको बताए। “साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो,” उनले भने, “अहिले कोभिडको मारले यता उता भनेको होइन।”
गठबन्धनको सरकारले काम गर्न नसक्दा युक्रेन युद्धको वहाना बनाएको उनको आरोप थियो। युक्रेन युद्धलाई देखाएर उम्किन नपाइने उनको भनाइ थियो। ओलीले प्रश्न गरे, “युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो की? के गरेको छ?”
उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण पनि देशका लागि फाइदाजनक नभएको टिप्पणी गरे। देशका नदीनाला भारतलाई सुम्पिने काम भएको उनको आरोप थियो।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend