काठमाडौँ। सिन्धुलीको गोलोन्जोरस्थित सुनकोशी नदीमा गाडी खसेपछि बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी)का कर्मचारीको शव फेला परेको छ।
शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका-७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।
उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए। गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो।
उक्त दुर्घटना हुँदा दुई जना कर्मचारीको शव फेला परिसकेको थियो। शनिबार भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका-५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो।
प्र.३-०१-००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चार जना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए।
दाङका चालक कृष्ण चौधरीले पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका थिए। तर त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको मृत्यु भएको हो।
उनीहरूको शव र गाडी गत जेठ २३ गते फेला परेको प्रहरीले जनाएको छ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend