Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुगुमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गयाे


    शनिबार, जेष्ठ २७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मुगु । मुगुकाे छायाँनाथमा करेन्ट लगाएर खोलामा माछा मार्ने क्रममा एक युवककाे मृत्यु भएको छ ।

    मुगुकाे छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर भामवाडा घर भएका २२ वर्षीय सञ्जय भामको ज्यान गएकाे हाे ।

    करेन्ट लागेर बेहोस भएका भामलाई हिजाे दिउँसो २ बजेतिर उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएकाे थियाे ।

    उनकाे आज बिहान उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।

    माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार