Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगले आज जिल्ला निर्वाचन खारेजीका विषयमा दलहरुसँग छलफल गर्दै


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले आज (शुक्रबार) राजनीतिक दलसँग छलफल गर्दैछ

    सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत गरेको जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने निर्णयप्रति आयोगले दलहरुसँग छलफल गर्ने भएको हो ।

    आयोगले निरन्तर क्रियाशील भईरहनु पर्ने निकायलाई खारेज गरेर कार्यपालिका मातहत ल्याउने प्रपञ्च भईरहेको भन्दै आज संसद भित्र र बाहिर रहेका दलहरुसँग छलफल गर्नेछ।

    आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर संबैधानिक र कानुनी व्यवस्था जानकारी गराउँदै निर्णय फिर्ता लिन ध्यानाकर्षण गराइसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार