Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गर्मीले रेकर्ड ब्रेक, तापक्रम अझै केही दिन नघट्ने


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । हाल देशभर बढिरहेको तापक्रम अझै केही दिन नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागका अनुसार ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा अहिलेसम्मकै उच्च गर्मी भएको छ । यी जिल्लामा हालसम्कै उच्च तापक्रम मापन गरिएको हो ।

    ओखलढुंगा, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र नवलपुरको दुम्कौलीमा हालसम्मकै उच्चतम तापक्रम मापन भएको विभागले जनाएको छ । ओखलढुंगामा ३१ डिग्री, धरानमा ३९.३ डिग्री, कन्याम चिया बगानमा ३० डिग्री, नवलपुरको दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ ।

    विभागले १३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन भएको जानकारी दिएको छ ।

    विभाग भन्छ– तराईमा तातो हावा चलिरहेको छ, सतर्क रहनू

    मध्य तराई तथा पश्चिम तराईमा अझै तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछाने बताउँछन् ।

    “आज कोसी प्रदेशमा तापक्रम केही घट्ने सम्भावना देखिएको छ । बदलीको सम्भावना रहेकाले पूर्वी क्षेत्रको तापक्रम केही घट्छ कि भन्ने छ,” मौसमविद् लामिछाने भन्छन्, “तर, मध्य तराई र पश्चिम तराईमा आज पनि तापक्रम उच्च रहनेछ । तापक्रम हिजोको भन्दा बढ्न पनि सक्छ । यदि, बढेन भने पनि स्थिर रहन्छ ।”

    अझै केही दिन तापक्रम उच्च रहने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार