Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय बजारबाट भन्सार छली ल्याइएको ३ सय ५० बोरा अवैध मल बरामद


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल। रुपन्देहीबाट भन्सार छलेर ल्याइएका ३ सय ५० बोरा अवैध मल बरामद भएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका ४ लाख ३२ हजार मूल्य बराबरका ३ सय ४० बोरा ५० केजीको युरिया मल लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईबाट बरामद भएको हो ।

    हिजो साँझ साढे ७ बजे सडक किनारामा लुकाइछिपाइ राखेको अवस्थामा रुपन्देही प्रहरीले उक्त मल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले जनाए।

    यस्तै, ५० केजीको बोरामा राखिएका ६४ बोरा चामल पनि त्यही स्थानबाट बरामद भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार