Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक


    बिहिबार, जेष्ठ २५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे भोलि (शुक्रबार) सर्वदलीय छलफल गर्ने भएको छ । आयोगले संघीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व रहेका दलहरूलाई भोलि (शुक्रबार) साढे ११ बजे छलफलका लागि बोलाएको हो ।

    संविधानमा भएको व्यवस्था विपरित सरकारले आयोगलाई कार्यापालिका मातहत राख्ने खोजेकाले सबै दलसँग परामर्श गर्न लागिएको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

    १५ जेठमा संघीय संसदमा प्रस्तुत बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहतमा लगिएको छ ।

    निरन्तर रुपमा क्रियाशील भइरहनु पर्ने निकाय खारेज गर्नु संविधान विपरीत भएकाले आफूहरुले पनि प्रधानमन्त्री र मन्त्रीहरुसँग पनि भेट्ने उनले बताए ।

    आयुक्त भण्डारीले भने, ‘आयोगको परामर्श बिना सरकारले कुनैपनि संरचना चलाउन पाइँदैन। निर्णय नसच्चिने हो भने आयोग र सरकारबीच संवैधानिक खाडल श्रृजना हुन्छ। यस्तै भयो भने आयोग अन्य विकल्पमा जानुपर्ने अवस्था हुनसक्छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार