Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेन शाहले कार्यकक्षमा राखे ‘ग्रेटर नेपाल’को नक्सा


    बिहिबार, जेष्ठ २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर(प्रमुख) बालेन्द्र (बालेन) शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्।

    तत्कालीन ब्रिटिश शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले चर्चेको भूगोलसहितको नक्सासहितको तस्बिर शाहले आफ्नो कार्यकक्षको भित्तामा राखेका हुन्।

    साहको सचिवालयका अनुसार केही दिनअघि उक्त नक्सा राखिएको हो।

    भारतले नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसहितका भूगोल समेटेर अखण्ड भारतको तस्बिर राखेपछि नेपालमा त्यसको विरोध भइरहेको छ।

    त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

    भारतीय संसद्मा राखिएको नक्सबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका अधिकारीहरुसँग कुरा गरेको बताएका थिए।

    तर परराष्ट्रमन्त्री एनपी साउदले भारतीय टेलिभिजन आजतकसँगको कुराकानीका क्रममा आफूलाई त्यसबारे कुनै जानकारी नै नभएको जवाफ दिएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार