काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले मधेश प्रदेश सभाको आजको बैठक बहिस्कार गर्ने निर्णय गरेको छ।
आफूहरूले दिएको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै माओवादीले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो।
आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।
‘हामी मात्रै होइन कि कुनै पार्टीका सांसदले दिएका सुझावहरू नीति/कार्यक्रममा समेटिएनन्। त्यसैले हाम्रो पार्टीका सम्पूर्ण सांसदले बैठक बहिस्कार गर्न लागेका हुन्,’ एक सांसदले भने।
सरकारले विभिन्न योजनाका रकम आर्थिक मसान्तको अन्तमा आएर रकमान्तर गरिरहेकोप्रति समेत माओवादीको असन्तुष्टि छ।
‘१० प्रतिशत कमिसन लिएर अहिले पनि मनोमानी तरिकाले सरकारले विभिन्न शीर्षकका बजेट रकमान्तर गरिरहेको छ। हामी यसको घोर विरोध गर्दछौं,’ ती सांसदले भने।
केन्द्रीय नेताहरूबीच भएको सहमति अनुसार दुइटा मन्त्रालय नपाएपछि पछिल्लो समय माओवादी सरकारसँग असन्तुष्ट छ। गएको जेठ ९ गते संसदीय दलको बैठकले आफ्ना पार्टीका मन्त्रीलाई सरकारबाट बाहिरिने समेत निर्णय गरेको थियो। यद्यपि हालसम्म माओवादीले भने मन्त्री फिर्ता बोलाएको छैन।
मधेश प्रदेश सरकारमा माओवादीको तर्फबाट सुनिता यादवले उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन्। त्यस्तै, रहबर अन्सारी भने सोही मन्त्रालयका राज्यमन्त्री छन्।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend