Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेपालले आज स्कटल्यान्डसँग पहिलो अभ्यास खेल खेल्दै


    बिहिबार, जेष्ठ २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (बिहीबार) आफ्नो पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्दैछ।

    उक्त खेल आज मध्यान्ह १२ः४५ बजेबाट सुरु हुनेछ।

    यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो।

    जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो।

    नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो। जिम्बाबेमा हुने छनोट प्रतियोगितामा नेपालसहित ८ टिमको सहभागिता रहनेछ।

    समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बावे छन्।

    समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (युएई) छन्। प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन्। प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन्।

    विश्वकप खेल्ने नेपाली टिमः

    रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार