काठमाडौँ। विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि गएको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (बिहीबार) आफ्नो पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेल्दैछ।
उक्त खेल आज मध्यान्ह १२ः४५ बजेबाट सुरु हुनेछ।
यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो।
जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो।
नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो। जिम्बाबेमा हुने छनोट प्रतियोगितामा नेपालसहित ८ टिमको सहभागिता रहनेछ।
समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बावे छन्।
समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (युएई) छन्। प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन्। प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन्।
विश्वकप खेल्ने नेपाली टिमः
रोहितकुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend