Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान


    बुधबार, जेष्ठ २४ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक गर्ने निर्णय गरेको छ । आयोगका पदाधिकारीहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

    बैठक जेठ २६ गते बिहान साढे ११ बजे बस्ने आयोगले बताएको छ । सर्वदलीय बैठकमा लागि विभिन्न पाँच वटा एजेन्डा तय गरिएको बताइएको छ ।

    यस्तै निर्वाचन आयोगले बजेटमा प्रस्ताव गरिएको जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले प्रधानमन्त्रीको समय समेत माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार