राष्ट्रिय सभाका सांसद् वामदेव गौतमले पुन:नेकपा एमालेमा फर्कने संकेत गरेका छन् । एमालेले ७० वर्षे उमेरहद हटाएपछि गाैतमले यस्ताे प्रतिक्रिया दिएका हुन् ।
सर्वाेच्चले नेकपा एमाले र माओवादी केन्द्रकाे एकतामा प्रक्रिया नपुगेकाे भन्दै पुरानै अवस्थामा फर्काएपछि गाैतम नेकपा एकता अभियानका नाममा गतिविधि गर्दै आएका छन् ।
नेकपामा रहँदै गौतमलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनीत गरेकी थिइन् । बुधबार गौतमलाई एमालेका केही सांसदले एमालेमा फर्किन लगातार अनुरोध गरेका थिए।
एमालेले वामदेवकै लागि ७० वर्षे उमेरहद हटाइएको उनीहरूकाे भनाइ थियाे । यद्यपि, उनीहरूकाे अनुराेध अनाैपचारिक थियाे । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तर पार्टी निर्देशन जारी गर्दै ७० वर्षे उमेरहद हटाएका थिए ।
सूर्य थापालगायत सांसदले ‘७० वर्षे उमेरहद तपाईंकै लागि हटेको हो, तपाईं आउनुपर्यो’ भन्दै एमालेमा फर्कन गरेकाे आग्रहमा गाैतमले आफू एमालेमा आउन तयार रहेकाे तर केपी ओलीले भन्नुपर्ने बताएका हुन् ।
यसबीचमा केपी ओलीसँग तीनपटक भेट भएको, तर उनले आफूलाई पार्टीमा फर्कनेबारे केही नभनेको उनकाे भनाइ थियाे । जवाफमा उनले भने, ‘एमालेले उमेरहद हटाएको मुकुन्द न्यौपानेजीका लागि हो, मेरो लागि होइन।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend