Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ


    बुधबार, जेष्ठ २४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कपिलवस्तु । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका-२ यात्रु गेटबाट श्रोत नखुलेको ४ लाख १७ हजार भारतीय रुपैयाँसहित दाङ राप्ती गाउँपालिका-३ बस्ने २२ वर्षीय राज कुमार पुन मगरलई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको उनलाई उक्त भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार