Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ठमेलमा एक युवतीको हत्या


    बुधबार, जेष्ठ २४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिका–२६ ठमेलमा एकजना युवतीको हत्या भएको छ। ठमेलस्थित भगवतीबहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको छ।

    हत्या आरोपमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले जानकारी दिए। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    उनीहरूबीच आपसी विवाद भई झै–झगडा एवं कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएकी जेनिशाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो।

    मृत्यु भएको सूचना आएपछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो।

    उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार