Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज


    बुधबार, जेष्ठ २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आज दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

    नीति तथा कार्यक्रम स्वीकृत गर्न अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको बताइएको छ । मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइने छ । जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार