काठमाडौँ। प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको जवाफप्रति ओलीले अर्थमन्त्री महतमाथि टिप्पणी गरेका हुन् ।
‘अर्थमन्त्रीको कसम खाने बानी रहेनछ । राम्रो लाग्यो । सफाइ दिनुभयो । उहाँले भनेको कुरा नै साँचो होस्, सञ्चारमाध्यमा आएका समाचार झुटो हुन्’, ओलीको भनाइ छ ।
उनले बजेट निर्माणका क्रममा यसपटक पनि अनौठा घटना सार्वजनिक भएको भन्दै करका दर बढ्नेवाला भएपछि त्यहीबेला ११ सय गाडीहरु आउनु संयोग मात्र हुन नसक्ने बताए ।
‘करका दर बढ्नेवाला छ । त्यसैबेला ११ सय जति गाडी आए । त्यहीँ आइटम जसमा बढ्छ अनुमानका भरमा व्यपारीहरु जुवाडे त होइनन् ?’, ओलीले प्रश्न गर्दै भने, ‘व्यापारीहरु छक्का पञ्जा भन्दै परे पर्छ नपरे पर्दैन भनेर त्यस्तो त गर्दैनन् ।’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend