Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वर्णिमको प्रश्न : अर्थमन्त्री ज्यु अपारदर्शी ढंगले करका दर हेरफेर गरिएको हो कि होइन ?


    मंगलबार, जेष्ठ २३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीले सदनमा प्रस्ट पार्नुपर्ने बताएको छ । मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले अनाधिकृत व्यक्तिको सहभागिताबारे आएको समाचारले आफूहरुलाई झस्काएको बताए ।

    यसबारे आफ्नो दलले प्रारम्भिक छानबिन गर्दा एचएस कोडका विज्ञलाई सहभागी गराएको भन्दै पनि आएको भन्दै उनले अर्थमन्त्रीलाई तीन प्रश्न गरे ।

    पहिलो : यो वर्ष षड्यन्त्रमुलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?

    दोस्रो : एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रकृया पु¥याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ?

    र, तेस्रो : ३ करोड जनसंख्या भएको देशमा ३०÷३० वर्षसम्म एचएस कोडका दरहरु पाइप गर्न सक्ने जनशक्तिको आकार एक जना वा दुई जना मात्र हुन् ? कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तराष्ट्रिय संस्थाको मानक र मथोडोलोजी अबलम्बन गर्न सक्ने सयौं जनाको काडर बनाउन अर्थमन्त्रीको इमान्दार प्रयास होला कि नहोला ?

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार