काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृतावस्थामा भेटिएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कैलालीको गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने २८ वर्षीया कविता बुढा सोही ठाउँस्थित केदारेश्वर सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
बिहीबार राति कविता बुढा, उनकै छोरा ८ वर्षीय डण्डी राज बुढा र ससुरा ५२ वर्षीय डिल्ली भन्ने दिलिप सिह बुढा हराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा केदारेश्वर सामुदायिक वनभित्र खाल्डोमा पुरिएको अवस्थामा कबिता बुढाको शव फेला पारेको हो । दिलिप सिह बुढा र बालक डन्डी राज बुढाको भने प्रहरीले खोजी गरिरहेको छ ।
यसैगरी पर्साको ठोरी गाउँपालिका-२ ठोरीस्थित टाउन प्लान होटल संचालन गरी बस्ने भारत बेतिया नरकटियागंज घर भएका २६ वर्षीया आस्मा क्षेत्री आफ्नै होटलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । म्याग्दीको रघुगंगा गाउँपालिका-६ नाङगे जंगलस्थित खोल्सामा पनि सोही गाउँपालिका-६ कालावाङ बस्ने २४ वर्षीया हरिमाया शेर्पुन्जा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
घास काट्ने क्रममा अचानक माथिबाट बाढी आई हरिमायालाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend