काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुल वृद्धि गर्ने सरकारको नीतिले उद्योग बन्द हुने अवस्थामा पुगेको घिउ तेल उद्योगीले बताएका छन् । नेपाल वनस्पति घिउ तेल उद्योग उत्पादक सङ्घले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर सरकारको नीतिले २६ घिउ तेल उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताएका हुन् ।
सङ्घका अध्यक्ष विकास दुगडले भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिरेर नेपाली उद्योगले व्यापार गर्न नसक्ने भन्दै तत्काल भन्सार महसुल घटाउनुपर्ने बताए ।
भारतबाट चोरी तस्करी भएर खाने तेल भित्रिएको अवस्थामा एक प्रतिशत रहेको भन्सार महसुललाई बजेटले १० प्रतिशत बनाएकाले नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिस्पर्धा गर्न नसक्ने दुगडले जानकारी दिए ।
“सरकारले हाम्रो समस्या समाधान गर्छ भन्ने विश्वास छ,” दुगडले भने, “गत वर्ष पनि सरकारले हाम्रो माग सम्बोधन गरेको थियो अहिले पनि सुन्छ ।” भारत सरकारले कच्चा तेलको भन्सार महसुल घटाएको अवस्थामा नेपाल सरकारले कच्चा तेलको भन्सार बढाउनु उपयुक्त नभएको उनको भनाइ छ ।
स्वदेशी बजारमा वार्षिक तीन लाख टन खाने तेलको माग छ । भन्सार महसुल १ प्रतिशत हुँदा पनि नेपाली उद्योगले अहिलेसम्म दुई लाख टन मात्रै तेल बिक्री गर्ने गरेको उद्योगीको भनाइ छ । सङ्घका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ५० हजार टन खाने तेल अवैध माध्यममा भित्रिएको छ ।
स्थानीय उत्पादनले माग धान्न नसक्दा तेलको क च्चा पदार्थ बाहिरी मुलुकबाट आयात हुने गर्छ । अबैध तेलले बजार कब्जा गरिरहेको अवस्थामा भन्सार महसुल बढ्ने हो भने नेपाली उद्योग टिक्कै नसकी बन्द हुने भन्दै उद्योगी व्यवसायीले महसुल दर घटाउनुपर्ने बताएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend