Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डको जवाफ- मैले कहीँ पनि भूमि साट्ने प्रस्ताव गरेको छैन, कन्फ्युजन नहोस्


    सोमबार, जेष्ठ २२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको बताएका छन्।

    आज प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री आफैँले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताएका हुन् ।

    उनले आफूले कुनै विकल्पको कुरा नगरेको समेत स्पष्ट पारेका छन् । ‘प्रष्ट होस् । मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन । कहीँ-कोही कम्फ्युजन नहोस्,’ उनले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु । मैले त्यही अनुसार भूमिका खेलेको छु ।’

    प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान गर्ने बंगलादेश मोड आफ्नो नभएको बताए । बुद्धिजिवीले उठाएको विषयमा मात्रै आफूले बोलेको उनले बताए।

    ‘कालपानी, लिम्पियाधुरा र लिपुपेक नेपालको भूमि हो भन्नेमा प्रष्ट छु । यही आधारमा भूमिका खेलेको छु । सीधा देखिएको तर्कलाई घुमाउने तर्क नगरौं’ प्रधानमन्त्रीले भने, ‘नेपालका केही विज्ञ, बुद्धिजिवीहरूले गरेका अध्ययनका आधारमा उहाँलेहरूले भनेका कुरा यस्ता पनि छन् भनेको छु । नेपालको भूमि नेपालको हो भनेर स्थापित गरौं भनेको हुँ । तर यो बंगलादेश मोडल मेरो र मैंले भनेको कुरा होइन । प्रतिपक्षी दलका नेताको तर्फबाट कुरा उठ्यो । तपाईंहरूसँग नजिकका विज्ञले भनेका कुरा हुन् । मैंले विज्ञको कुरा भनेको छु ।’

    भारत भ्रमणका क्रममा उनले भारतले बंगलादेश जाने बाटो दिए कालापानी, लिपुलेक र कालापानीको विकल्प सोच्न सकिने अभिव्यक्त दिएका थिए । जसको एमालेसहित विपक्षी दलहरूले विरोध जनाइरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार