काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको बताएका छन्।
आज प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री आफैँले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताएका हुन् ।
उनले आफूले कुनै विकल्पको कुरा नगरेको समेत स्पष्ट पारेका छन् । ‘प्रष्ट होस् । मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन । कहीँ-कोही कम्फ्युजन नहोस्,’ उनले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु । मैले त्यही अनुसार भूमिका खेलेको छु ।’
प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या समाधान गर्ने बंगलादेश मोड आफ्नो नभएको बताए । बुद्धिजिवीले उठाएको विषयमा मात्रै आफूले बोलेको उनले बताए।
‘कालपानी, लिम्पियाधुरा र लिपुपेक नेपालको भूमि हो भन्नेमा प्रष्ट छु । यही आधारमा भूमिका खेलेको छु । सीधा देखिएको तर्कलाई घुमाउने तर्क नगरौं’ प्रधानमन्त्रीले भने, ‘नेपालका केही विज्ञ, बुद्धिजिवीहरूले गरेका अध्ययनका आधारमा उहाँलेहरूले भनेका कुरा यस्ता पनि छन् भनेको छु । नेपालको भूमि नेपालको हो भनेर स्थापित गरौं भनेको हुँ । तर यो बंगलादेश मोडल मेरो र मैंले भनेको कुरा होइन । प्रतिपक्षी दलका नेताको तर्फबाट कुरा उठ्यो । तपाईंहरूसँग नजिकका विज्ञले भनेका कुरा हुन् । मैंले विज्ञको कुरा भनेको छु ।’
भारत भ्रमणका क्रममा उनले भारतले बंगलादेश जाने बाटो दिए कालापानी, लिपुलेक र कालापानीको विकल्प सोच्न सकिने अभिव्यक्त दिएका थिए । जसको एमालेसहित विपक्षी दलहरूले विरोध जनाइरहेका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend