Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख र प्रधानमन्त्रीबीच छलफल


    सोमबार, जेष्ठ २२ २०८०
    915
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा सभामुख घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका हुन् ।

    आइतबार प्रतिनिधि सभा अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर सभामुख घिमिरेको सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतीत भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भनेका छन्, ‘समयमा नै संवादबाट निकास खोजौँ, अब सदन अवरोध भइरहन सक्दैन ।’

    सभामुखसँगको संवादमा अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको भन्दै सोमबारको संसद्मा आफूले प्रस्टीकरण दिने बताएका छन् । ‘म एमाले अध्यक्ष केपी शर्मा ओली सहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार