Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफ्नै बुबाको हत्या आराेपमा छाेरा पक्राउ


    शुक्रबार, जेष्ठ १९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाल आज शुक्रबार बिहान पक्राउ परेका छन् ।

    दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका लोक बहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार