काठमाडौं। (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन् भने एक जनाको उद्धार गरिएको छ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो।
सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी आज बिहान करिब ११:३० बजे नदीमा खसेको हो।
सडकबाट करिब १ सय ५० मिटर तल नदीमा गाडी खसेको प्रहरीले जनाएको छ।
गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्। उनको उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
तीन जना भने बेपत्ता छन्।
सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए।
सिटिइभिटीका सूचना अधिकारी एकराज अधिकारीले सिटिइभिटीका कर्मचारीहरू कार्यालयकै कामले काठमाडौंबाट खोटाङतर्फ जाँदै गर्दा दुर्घटनामा परेको खबर आएको बताए।
बेपत्ताहरूको खोजीका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरीको भनाइ छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend