काठमाडौँ। लमजुङ कारागारको पर्खाल नाघेर भागेका दुईजना कैदीबन्दी पक्राउ परेका छन्। बिहीबार बिहान साढे १ बजेतिर बेसीशहर नगरपालिका-८ शेरास्थित कारागारको उत्तर पश्चिमतर्फको कैदी कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए।
फरार मध्ये जवरजस्ती करणी मुद्दामाका मध्यनेपाल नगरपालिका-४ का २७ वर्षीय विनोद विकलाई बिहीबार ९ घण्टाको अवधिमा प्रहरीले बेसीशहर नगरपालिका २ चिसापानीको जंगलबाट पक्राउ गरेको थियो ।
अर्का फरार रहेका गोरखा चुमनुब्री गापा– ३ का चन्द्र बहादुर गुरुङलाई बिहीबार राती साढे ११ बजे बेसीशहर नगरपालिका १ चिप्लेटीमा लुकिछिपि बसीरहेको अवस्थामा पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । गुरुङ ठगी मुद्दामामा पुर्पक्षका लागी कारागार चलान भएका थिए । दुई जनालाई कानुन अनुसार थप कारबाहि अघि बढाइने प्रहरीले जनाएको छ ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि जिल्ला कारागार लमजुङमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ३५ कैदीबन्दी राख्ने क्षमता रहेको कारागार भवनमा अहिले ८८ कैदीबन्दी छन् । तीमध्ये ६ जना महिला र ८२ जना पुरुष छन् ।
कारागारमा कैदीबन्दीको संख्या बढेको मात्र छैन, कारागारका भवनसमेत जीर्ण बनेका छन् । त्यसमाथि ०७२ सालको भूकम्पले जीर्ण बनेको भवनमै अहिले पनि कैदीबन्दी राख्ने गरिएकाले जोखिम छ ।
कारागार प्रशासनले आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटक–पटक अनुरोध गरे पनि प्रक्रिया अगाडि बढेको छैन ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend