बुटवल। कपिलवस्तुको बाणगंगामा चक्कु हानेर दुई जनाको हत्या गरिएको छ । प्रेमिकासँग खटपट भएपछि रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले वाणगंगा नगरपालिका ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जनी थारुको हत्या गरेका हुन्।
आज बिहान मटेरियास्थित अञ्जनीको घरमा पुगेर मोहनले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए। चक्कु प्रहारपछि दुवै जना गम्भीर घाइते भएका थिए।
घटनापछि तत्काल उपचारका लागि अञ्जनीलाई भैरहवा मेडिकल कलेज र बमबहादुरलाई जीतपुरस्थित सामुदायिक अस्पतालमा लगिएको थियो। उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोहन र अञ्जनी विगत केही समयदेखि प्रेम सम्बन्धमा रहेको र बिहेको प्रस्ताव अस्वीकार गरेपछि आक्रोसित भएका मोहनले चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त चक्कु प्रहार गरेपछि घटनास्थलबाट भागेका मोहनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी उपरीक्षक बस्नेतले बताए। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend