Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


    बिहिबार, जेष्ठ १८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेर कारोबार भइरहेको जनाएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको जनाएको हो । अघिल्लो सिङ हिजो बुधबार पनि सुनको मूल्य १ हजार ५ सय रुपैयाँले सुबढे को थियो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९०० कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

    यता चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार