Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँको इलिप्स स्कुलको छात्रावासमा विद्यार्थी मृत भेटिए


    बुधबार, जेष्ठ १७ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँको नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् ।

    इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेका थिए।

    उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । धादिङ घर भएका मृतकका आफन्त घटनास्थल आउनुअघि नै शव अस्पताल लगेपछि उनीहरूले विरोध प्रदर्शन गरेका छन् ।

    मृत्युको कारण खुलिसकेको छैन । यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार