Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ‘लिगल टीम’ को निर्णय- सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका नपठाउने


    मंगलबार, जेष्ठ १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज हुने भनिएको सुनुवाई रोकिएकाले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा उनलाई सहभागी नगराउने निर्णय लिगल टीमले गरेको छ ।

    बलात्कार अभियोगमा एक किशोरीले सन्दीपविरुद्ध दायर गरेको मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा अन्तिम सुनुवाई तोकिएको थियो। तर, उक्त आज सुनुवाई नहुने भएको हो ।

    सन्दीपको मुद्दा सुनुवाइमा ढिलाई भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।

    ‘मुद्दाको टुंगो नलगाई उनी नजाने हाम्रो लिगल टीमको निर्णय भयो । जिम्बावे भ्रमणबारे अझै केही निर्णय भइसकेको छैन’, घिमिरेले भने ।

    नेपालले जिम्बावेमा विश्वकप छनोट खेल्दै छ । सन्दीपविरुद्ध लागेको बलात्कारको आरोपको फैसला सुनुवाई विभिन्न बहानामा सर्दै आएको छ ।

    उक्त प्रकरणमा किशोरीले क्षतिपूर्ति दिन माग गर्दै दायर गरेको निवेदनसमेत साथै राखी पेश गर्न अदालतका न्यायाधीशले आदेश दिने भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार