Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछानेले न्याय पाउनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन


    मंगलबार, जेष्ठ १६ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । स्वतन्त्र युवाहरूले बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तानसन्दीप लामिछानेको पक्षमा आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

    सन्दीपको मुद्दाको फैसला छिटो आउनुपर्ने र उनले न्याय पाउनुपर्ने माग गर्दै युवाहरूले ब्यानरसहित मण्डलामा प्रदर्शन गरेका हुन् ।

    लामिछाने विरुद्धको बलात्कार मुद्दा आजै न्यायाधीश शङ्कर बहादुर राईको इजलासमा सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँको इजलास नम्बर–१८ मा न्यायाधीश राईले सुनुवाइ गर्ने गरी पेशी तोकिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार