Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकैदिन तोलामै २४ सयले बढ्यो सुनको मूल्य


    मंगलबार, जेष्ठ १६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्थानीय बजारमा आज सनुको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको जानकारी दिएको छ।

    आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार