काठमाडौं । राजनीतिक अस्थिरता तथा सिंगो मुलुकको ध्यान भूटानी शरणार्थी र रेशमलाल चौधरीको आममाफी प्रकरणमा केन्द्रित भएकै बेला नेपाल–चीनबीचको ब्यापारिक नाका तातोपानी, रसुवा र त्रिभुवन बिमानस्थल भन्सारलाई प्रयोग गरी अरबौैं रुपैयाँको सुनजडित विद्युतीय सिगरेट(भेप), कस्मेटिक, ब्रान्डेड जुत्ता, जिन्स पाइन्ट, चस्मा लगायतका सामग्रीको तस्करी भइरहेको छ ।
यी तीनै नाकालाई प्रयोग गरेर सामान आयात गर्ने मुख्य ब्यापारी हुन्, बासु बस्नेत, अमृत कार्की र नवराज तिमल्सिना । बासु बस्नेतले अमरदेव इन्टरप्राइजेजका नामबाट सामान आयात गर्ने गरेका छन् भने तिमल्सिना र कार्कीले राजनीतिक नेतृत्व तथा अन्य पक्ष सेटिङ गर्दैआएका छन् । अमरदेवका संचालक बस्नेतकै डिजाइनमा हालैमात्र केवल उनलाई मात्र लाइन दिने सर्तमा यसअघि भैरहवा भन्सार कार्यालयमा समेत बसिसकेका अधिकृत रविन्द्र प्याकुरेललाई रसुवा लगिएको छ ।
अधिकृत प्याकुरेललाई भन्सार विभागले आइतबार रसुवा सरुवा गर्ने निर्णय गरेको हो । उनलाई रसुवा लैजानका निम्ति तिमल्सिनाले कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाससम्म पुगेका थिए । स्रोतका अनुसार भानुको सिफारिसमा अर्थमन्त्री महतको निर्देशन अनुसार भन्सार विभागका निमित्त महानिर्देशक सेवन्तक पोखरेलले प्याकुरेललाई रसुवा पठाएका हुन् । तर भन्सार अधिकृत प्याकुरेलले रसुवामा कर्मचारीको कमी तथा राजस्व चुहावटका घटना बढेकाले नियन्त्रण गर्न आफूलाई अर्थमन्त्रालयले नै पठाएको बताए ।
अमरदेवकै संचालक बस्नेतको यसअघि रसुवा तथा बिराटनगरबाट ठूलो परिमाणमा भन्सारछलीको सामान बरामद गरी जरिवाना गरिएको थियो । उनले जरिवाना तथा बिग्रिएको बजार राजनीतिक लाइन मिलाउनका लागि १५ करोड रुपैयाँ भन्दा खर्च गरेको स्रोतको दाबी छ ।
उता, स्रोतले दिएको थप जानकारी अनुसार प्रज्ञापन पत्र नम्बर २२५७३ रहेको र रौतामाई ट्रेडर्स समेत आयातकर्ता भएको २८ कार्टुन चस्मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट आयात गरेका बासु बस्नेत, नवराज र अमृतको टोलीले ८ लाख भन्सार शुल्क स्वघोषणा गरेकोमा एयरपोर्टले थप ७ लाख तिराएको थियो । तर सोही सामान राजस्व अनुसन्धानको दृष्टि परेपछि भन्सार विभागले अनुगमन गरी सोही चस्माको ९७ लाख जरिवाना तिराएको थियो । यद्यपि उक्त चस्मा भन्सार हातामै छ ।
एयरपोर्टबाटै बस्नेत, तिमल्सिना र कार्कीको समूहले यसरी तस्करी गर्दैआएको चस्मा प्रकरणपछि खुलेको हो । यसअघि उनीहरुले एयरपोर्टबाटै निर्वाध तस्करीका सामान आयात गर्दैआएका थिए । तर २८ कार्टुन चस्माको बारेमा राजस्व अनुसन्धानमा सूचना पुगेपछि भन्सार विभागले आकस्मिक रुपमा सामान नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियो ।
यसैबीच, त्रिभुवन विमानस्थल, तातोपानी नाका र रसुवा भन्सारबाट अरबौंको इलेक्ट्रिक सिगरेट(भेप) आयातमा उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकासमेत संलग्न रहेको स्रोतको दाबी छ । भेपको सुरुमा ३५ सेन्ट मूल्यांकन रहेको समयमा अरबौंको तस्करी भएको थियो । भेपभित्र सुन समेत जडान गरी विमानस्थल भन्सारबाटै तस्करी गर्ने गरेको भेद खुलेको छ । भेपको आयात अस्वभाविक ढंगले बढेको र भारतमा समेत लैजाने गरेको खुलेपछि राजस्व अनुसन्धान विभागले चासो देखायो ।
राजस्वले चासो देखाएपछि २०८० बैशाखबाट भेपको राजस्व प्रतिगोटा ४ डलर कायम गरिएको छ । जबकि नेपालमा चीनबाट कम्तीमा १ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म प्रतिगोटा पर्ने भेप आयात गरी भारतमा लाने गरिएको थियो । भेप आयात गर्ने मुरारका र क्यारिङ गर्ने सिल्क ट्रान्सपोर्टका शेर्पालाई बालुवाटारबाटै संरक्षण गरिएको बताइन्छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend