काठमाडौं । राज्यको उपल्लो तहमा पहुँच हुँदा नेपाल सरकारका कर्मचारीले ब्यापारीसँगको मिलेमतोमा कुन तहसम्मको अपराधकर्म गर्दारहेछन् भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ–तातोपानी भन्सारबाट भित्रिएको अवैध इलेक्ट्रोनिक चुरोट (सिगरेट) ।
नेपाली र भारतीय बजारमा प्रतिगोटा १ हजार ३ सय रुपैयाँ पर्ने इलेक्ट्रोनिक सिगरेट केही दिनअघि तातोपानी नाकाबाट ६ कन्टेनर नेपाल भित्रिएको केही सयममै भारतमा पु¥याइएको छ । स्रोतका अनुसार अर्थमन्त्रालयको समेत जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै जिम्मामा रहेको समयमा उक्त सिगरेट तातोपानी नाकाबाट नेपाल हुँदै तत्कालै सोही दिन भारततर्फ पु¥याइएको थियो । चिनियाँ सरकारको समेत विश्वासयोग्य पात्रका रुपमा चिनिएका सिल्क ट्रान्सपोर्टका संचालक रमेश शेर्पा, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा र विवादास्पद ब्यापारी सुनिल गोयलको सेटिङमा उक्त सिगरेट नेपाल आयात गरिएको हो ।
नेपालमा त्यति महँगो इलेक्ट्रिक सिगरेटको बजार नभएकाले भारत तस्करीकै लागि गोयलले सबै प्रबन्ध मिलाएका थिए । नेपालमा अबैध भएकाले उक्त सिगरेट आयात गरिएको अभिलेख भन्सारमा समेत नराखी भारततर्फ पठाइएको थियो । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दयानन्द केसीले ती ब्यपारीहरुलाई पहिला राजस्व अनुसन्धानका डीजी मिलाउन भनेपछि ब्यापारीद्वय शेर्पा र गोयलले महानिर्देशक सापकोटालाई ठूलो स्केलमा मिलाएकैले भन्सारमा अभिलेख नराखी इलेक्ट्रिक सिगरेट नेपाल हुँदै भारततर्फ सहजै पु¥याइएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार मन्त्रिमण्डलले पूर्णता पाउनुपूर्व प्रधानमन्त्रीकी छोरी तथा प्रमुख स्वकीय सचिव गंगा दाहालको प्रत्यक्ष निगरानीमा ब्यापारीद्वयले सामान सहज रुपमा भारत निकासी गरेसँगै तातोपानी भन्सार प्रमुख केसी भन्सारबाट आफू बाहिरिने डरले आफू प्रजातान्त्रिक विचार बोक्ने कर्मचारी भएको बताउँदै अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष लाइन मिलाउन काठमाडौंमा धाइरहेका छन् । यिनै केसी यसअघि राजस्व अनुसन्धान बिभागबाट गोयलकै सेटिङमा माओवादी अर्थमन्त्री जनार्दन शर्मालाई प्रभावमा पारेर तातोपानी भन्सारको प्रशासकमा सरुवा भएका थिए । त्यसअघि राजस्व अनुसन्धान विभागमा रहँदा मुद्दाको छानबिनकै क्रममा उनको गोयलसँग परिचय भएको थियो । राजस्वमा गोयलको छानबिन सामसुम मात्र नपारी अन्ततः भन्सार प्रमुख केसीको अहिले गोयलसँग ब्यापारीक रुपमा समेत साझेदारी रहेको बताइन्छ । यसअघि इलेक्ट्रोनिक सिगरेट, रासायनिक मल, स्याउ लगायतका सामान चीनबाट ल्याउने र नेपाल हुँदै भारततर्फ तस्करी गर्नका गर्नका निम्ति ब्यापारीद्वय शेर्पा र गोयलले गंगा दाहाललाई तीन वटा बीवाईडी गाडी उपहार दिएको बिषय यसअघि नै नेपालफेसबाट सार्वजनिक भइसकेको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीसँग इलेक्ट्रोनिक सिगरेट आयातको बिषयमा प्रतिक्रिया लिन खोज्दा उनले भने–उक्त सिगरेटको भन्सार मूल्य अति न्यून भएकाले बृद्धिका निम्ति भन्सार बिभागमा अनुरोध गरिएको बताए । उनले तातोपानी नाकाबाट पारदर्शी रुपमा सामान आयात बाहेक तस्करी गर्न नदिइएको दाबी गरेका छन् ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक सापकोटाले भने–‘इलेक्ट्रोनिक सिगरेट लगायतको आयात निर्बाध रुपमा गर्ने ब्यापारीलाई हामीले छाड्ने कुरै भएन । सिल्क ट्रान्सपोर्टले बालुवाटार मिलायो वा मिलाएन, त्यो हामीले जान्ने कुरा भएन । आजैबाट छानबिन तथा ट्रयाकिङलाई कडा गर्नेछौं ।’ तर स्रोत भन्छ–अभिलेख बेगर तातोपानी भन्सारबाट भित्रिएको इलेक्ट्रोनिक सिगरेट छिमेकी मुलुक भारत पुग्दा समेत राजस्व अनुसन्धान विभागले त्यतातिर राजनीतिक दबाबकै कारण चासो नदिएको हो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend