Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस


    आइतबार, जेष्ठ १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाए भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको हो ।

    केहीकाे बाँकी सजाय र केहीकाे सजाय माफी गर्ने निर्णय भएकाे सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

    सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

    यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार