Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको अडान: जलहरी सुन कि पित्तलको सरकारले नभनेसम्म बैठक चल्न नदिने


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पशुपतिको जलहरीमा सुन भनेर पित्तल हालेको भन्ने आरोपविरुद्ध नेकपा (एमाले)को अवरोधपछि २० मिनेका लागि स्थगित प्रतिनिधिसभा बैठक अझै पनि सुरु हुन सकेको छैन् ।

    बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी राख्दा सुनको भन्दै पित्तलको राखेर प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसदिन नियमापत्ति समेत नगरेको एमालेले शुक्रबार एकाएक बैठक अवरोध गरेका थियो ।

    माअ‍ोवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि नाराबाजी गर्दै एमाले सांसदहरुले बेल घेराउ गरेपछि सभामुखले साढे १२ बजे २० मिनेका लागि बैठक स्थगित गरका थिए ।

    त्यसपछि सभामुखले सहमतिका लागि थालेको वार्ता अझै टुंगिएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार