खाँदबारी। संखुवासभाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरेर प्रेमीले आफ्नो पनि हत्या प्रयास गरेका छन्। उक्त घटनामा प्रेमीले आफूलाई खुकुरी प्रहार गरी गम्भीर घाइते भएका छन्।
खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका हुन्। उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेर गम्भीरर घाइते भएका हुन्।
सभापोखरी-१ का मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन्। दर्नानलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी गराए।
घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ। घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ।
स्थानीयका अनुसार गए राती मृतक २१ वर्षीया दर्नालको डेरामा दुबै जना सँगै बसेका थिए। बिहान स्थानीयले घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
हत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोदारले बताए।
घटनाको थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend