काठमाडौं । पहिलो पार्टी नेपाली कांग्रेसको समर्थन रहेको वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्रालयको सचिवमा अर्जुनप्रसाद पोखरेललाई विश्वास गरेर लगेका थिए । सांसद तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणाले पनि अर्थ मन्त्रालयमा कांग्रेसको घोषणापत्र अनुसार काम गराउन सकिने विश्वास गरेर पोखरेललाई लगेकी हुन् । तर पोखरेल भने अर्थमा सरुवा भएपछि नेपाली कांग्रेसका सांसदहरुको भन्दा बिपक्षी एमालेका नेता र पूर्वमन्त्रीहरुको कुरा बढी सुन्ने गरेका छन् ।
बजेट भाषणाको पूर्वसन्ध्यामा बिपक्षी दलका नेताहरुको कुरा सुनेर सचिव पोखरेलले उनीहरुकै माग अनुसार योजना पार्ने गरेको आरोप छ । गएको हप्ता मंंगलबार (२०८० जेठ २ गते) नेपाली कांग्रेसका सांसदहरु उनलाई भेट्नका लागि जाँदा उनले समय दिएनन् । उनी एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग २ घन्टा गोप्य मन्त्रणा गरेर बस्दा बजेटको लागि सिफारिस गर्न गएका कांग्रेसका सांसदहरु भने बाहिर कुर्दाकुर्दा गरी फर्किन बाध्य भएका थिए ।
सचिव पौडेलले पौडेललाई त्यत्रो महत्व दिएर भेट्ने तर कांग्रेसका नेता र सांसदहरुको कुरै नसुन्ने गरेको गुनासो पार्टी सभापति देउवासँग पनि पुगेको छ । पौडेलले बुझाएका योजना र कार्यक्रमको सूची उनले बजेटमा पार्ने ग्यारेन्टी गरेको तर सत्तारुढ दलहरुको कुरा नसुनेपछि सांसदहरुले उनलाई कांग्रेसको नाममा अर्थमा जाने र एमालेका काम गर्ने सचिवको संज्ञा दिन थालेका छन् ।
कांग्रेसका नेताहरुकै अगाडि २ घन्टासम्म विपक्षी दलका नेतासँग गोप्य गर्न भ्याउन सचिव पोखरेललाई बिचौलिया रामचन्द्र भट्टले अर्थसचिव लगेको चर्चा छ । कांग्रेसलाई फाइदा पुग्नेगरी बजेट बनाउने भनेर लगेका उनले एमालेको हितमा काम गर्ने संकेत बिष्णु पौडेलसँग २ घन्टा भेटेर गरेपछि सभापति देउवा र अर्थमन्त्री महत भस्किएका छन् ।
विगतमा गृहप्रशासन नबुझेका टेकनारायण पाण्डेलाई गृहन्त्रालयको सचिव बनाएपछि नक्कली भूटानी शरणार्थी प्रकरण घटाएको घटनाबाट पनि सभापति देउवा र आरजु राणाहरु चेत्न नसकेको टिप्पणी अर्जुन पोखरेलको एमालेप्रतिको मोहले देखाएको छ । टेकनारायणले गृहसचिव भएको १५ दिनपछि आरजुदेखि भूषण राणाको फोनसमेत उठाउन छाडेका थिए । अहिले अर्थसचिव पोखरेलले पनि त्यही पथ अनुशरण गरेका छन् । कांग्रेसका शीर्षनेताहरुकै फोन पनि उनले रिसिभ गर्न छाडेका छन् ।
अर्थमन्त्रालयका सचिव पनि टेकनारायणकै पथमा अग्रसर भएका छन् । जसरी टेकनारायण पाण्डे खाँण दम्पत्तिसँग मिलेर भूटानी शरणार्थी काण्डमा मुछिए, अर्जुन पोखरेल अर्को काण्डमा नमुछिएलान् भन्न सकिन्न ।
टेकानारयण पाण्डेलाई गृहमा कांग्रेसले लगे पनि काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर जस्ता जिल्लामा बालकोटको सिफारिसमा एमालेनिकट सहसचिव र उपसचिवलाई सीडीओ बनाएका थिए । गृहका सरुवामा करोडौं चलखेल भएको कुरा सार्वजनिक भयो ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend