काठमाडौं । पहिलो पार्टी नेपाली कांग्रेसको समर्थन रहेको वर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्रालयको सचिवमा अर्जुनप्रसाद पोखरेललाई विश्वास गरेर लगेका थिए । सांसद तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणाले पनि अर्थ मन्त्रालयमा कांग्रेसको घोषणापत्र अनुसार काम गराउन सकिने विश्वास गरेर पोखरेललाई लगेकी हुन् । तर पोखरेल भने अर्थमा सरुवा भएपछि नेपाली कांग्रेसका सांसदहरुको भन्दा बिपक्षी एमालेका नेता र पूर्वमन्त्रीहरुको कुरा बढी सुन्ने गरेका छन् ।
बजेट भाषणाको पूर्वसन्ध्यामा बिपक्षी दलका नेताहरुको कुरा सुनेर सचिव पोखरेलले उनीहरुकै माग अनुसार योजना पार्ने गरेको आरोप छ । गएको हप्ता मंंगलबार (२०८० जेठ २ गते) नेपाली कांग्रेसका सांसदहरु उनलाई भेट्नका लागि जाँदा उनले समय दिएनन् । उनी एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग २ घन्टा गोप्य मन्त्रणा गरेर बस्दा बजेटको लागि सिफारिस गर्न गएका कांग्रेसका सांसदहरु भने बाहिर कुर्दाकुर्दा गरी फर्किन बाध्य भएका थिए ।
सचिव पौडेलले पौडेललाई त्यत्रो महत्व दिएर भेट्ने तर कांग्रेसका नेता र सांसदहरुको कुरै नसुन्ने गरेको गुनासो पार्टी सभापति देउवासँग पनि पुगेको छ । पौडेलले बुझाएका योजना र कार्यक्रमको सूची उनले बजेटमा पार्ने ग्यारेन्टी गरेको तर सत्तारुढ दलहरुको कुरा नसुनेपछि सांसदहरुले उनलाई कांग्रेसको नाममा अर्थमा जाने र एमालेका काम गर्ने सचिवको संज्ञा दिन थालेका छन् ।
कांग्रेसका नेताहरुकै अगाडि २ घन्टासम्म विपक्षी दलका नेतासँग गोप्य गर्न भ्याउन सचिव पोखरेललाई बिचौलिया रामचन्द्र भट्टले अर्थसचिव लगेको चर्चा छ । कांग्रेसलाई फाइदा पुग्नेगरी बजेट बनाउने भनेर लगेका उनले एमालेको हितमा काम गर्ने संकेत बिष्णु पौडेलसँग २ घन्टा भेटेर गरेपछि सभापति देउवा र अर्थमन्त्री महत भस्किएका छन् ।
विगतमा गृहप्रशासन नबुझेका टेकनारायण पाण्डेलाई गृहन्त्रालयको सचिव बनाएपछि नक्कली भूटानी शरणार्थी प्रकरण घटाएको घटनाबाट पनि सभापति देउवा र आरजु राणाहरु चेत्न नसकेको टिप्पणी अर्जुन पोखरेलको एमालेप्रतिको मोहले देखाएको छ । टेकनारायणले गृहसचिव भएको १५ दिनपछि आरजुदेखि भूषण राणाको फोनसमेत उठाउन छाडेका थिए । अहिले अर्थसचिव पोखरेलले पनि त्यही पथ अनुशरण गरेका छन् । कांग्रेसका शीर्षनेताहरुकै फोन पनि उनले रिसिभ गर्न छाडेका छन् ।
अर्थमन्त्रालयका सचिव पनि टेकनारायणकै पथमा अग्रसर भएका छन् । जसरी टेकनारायण पाण्डे खाँण दम्पत्तिसँग मिलेर भूटानी शरणार्थी काण्डमा मुछिए, अर्जुन पोखरेल अर्को काण्डमा नमुछिएलान् भन्न सकिन्न ।
टेकानारयण पाण्डेलाई गृहमा कांग्रेसले लगे पनि काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर जस्ता जिल्लामा बालकोटको सिफारिसमा एमालेनिकट सहसचिव र उपसचिवलाई सीडीओ बनाएका थिए । गृहका सरुवामा करोडौं चलखेल भएको कुरा सार्वजनिक भयो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend