Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सप्तरीमा एक युवकको हत्या


    सोमबार, जेष्ठ ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । सप्तरीमा एक जना युवकको हत्या गरिएको छ ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

    अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताए ।

    उनका अनुसार अहिलेसम्म मृतकको परिचय खुलेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार