Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रोजगारीका लागि १० महिनामा साढे ६ लाख नेपाली विदेशिए


    आइतबार, जेष्ठ ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामै वैदेशिक रोजगारीका लागि विदेशिनेको संख्या साढे ६ लाख नाघेको छ ।

    आर्थिक वर्ष सकिन २ महिना बाँकी छँदै वैशाखसम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ६० हजार २५५ पुगेको वैदेशिक रोजगार विभागले जनााएको छ ।

    महामारी सुरु भएपछि सुस्ताएको वैदेशिक रोजगारीमा जानेको संख्या यो वर्ष पुनः नयाँ कीर्तिमान राख्ने बाटोमा अग्रसर छ । विदेशबाट श्रमिकको माग बढ्दा यो वर्षका केही महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजारभन्दा माथि थियो । तर, पछिल्ला महिनामा यस्तो संख्या विस्तारै कम हुँदै गएको छ ।

    वैशाख महिनामा ५४ हजार ४५७ जना युवाले विदेश जान श्रम स्वीकृति लिएका छन् । जसमध्ये ४ हजार ९४८ जना महिला र ४९ हजार ५०९ जना पुरुष श्रमिक छन् । चैत महिनामा मात्रै ६१ हजार ४७८ जना नेपाली युवा श्रमका लागि स्वीकृति लिएर विदेश गएका थिए ।

    वैदेशिक रोजगार विभागका अनुसार वैशाखसम्म ४ लाख २१ हजार २७९ जनाले अन्तिम (नयाँ) श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिएका छन् । यो अवधिमा २ लाख ४४ हजार ९९६ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश उडेका छन् ।

    यो वर्ष मलेसियामा नेपाली श्रमिकको माग बढेको छ । खाडी देशहरुबाट श्रमिकको माग केही सुस्ताए पनि निराशाजनक अवस्था छैन ।

    विभागको तथ्यांकअनुसार वैशाख महिनामा मलेसियाका लागि १४ हजार ६३७ जनाले श्रम स्वीकृति लिएका छन् । कतारका लागि १० हजार २३० जनाले श्रम स्वीकृति लिएका छन् । वैशाखमा युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ४८३ जना श्रमका लागि गएका छन् । साउदी अरबमा ८ हजार ६८१ जना पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार