काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या १७.१६ प्रतिशतले घटेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।
योसँगै चालु आर्थिक वर्षको पहिलो ६ महिना (२०८० साउनदेखि पुससम्म)मा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार ४०५ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट चार लाख १४ हजार ५४६ जनाले श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष श्रम स्वीकृति लिनेको संख्या ७१ हजार १४१ ले कमी आएको छ । विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेको संख्यामा १७.१६ प्रतिशतले गिरावट आएको छ ।
विभागका अनुसार २०८० को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ७१ हजार २७६ र पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै, २०७९ सालको साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४ र पुसमा ६५ हजार ४६४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि नेपाल भित्रने रेमिट्यान्स भने बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) नेपाल भित्रने रेमिट्यान्स २७.६ प्रतिशतले बढेको छ ।
२०८० साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा नेपालमा ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिनामा नेपालमा चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा आगामी वर्ष नेपाल भित्रने रेमिट्यान्समा असर गर्नेछ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend