काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपालीको संख्या १७.१६ प्रतिशतले घटेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।
योसँगै चालु आर्थिक वर्षको पहिलो ६ महिना (२०८० साउनदेखि पुससम्म)मा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार ४०५ पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट चार लाख १४ हजार ५४६ जनाले श्रम स्वीकृति लिएका थिए ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष श्रम स्वीकृति लिनेको संख्या ७१ हजार १४१ ले कमी आएको छ । विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेको संख्यामा १७.१६ प्रतिशतले गिरावट आएको छ ।
विभागका अनुसार २०८० को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ७१ हजार २७६ र पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै, २०७९ सालको साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४ र पुसमा ६५ हजार ४६४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि नेपाल भित्रने रेमिट्यान्स भने बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) नेपाल भित्रने रेमिट्यान्स २७.६ प्रतिशतले बढेको छ ।
२०८० साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा नेपालमा ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिनामा नेपालमा चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा आगामी वर्ष नेपाल भित्रने रेमिट्यान्समा असर गर्नेछ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend