Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको परिवारले १० लाख पाउने


    बुधबार, साउन २४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको परिवारले पाउने आर्थिक सहायता बढ्ने भएको छ । वैदेशिक रोजगार बोर्ड मार्फत प्रदान गरिँदै आएको आर्थिक सहायताको रकम बढ्ने भएको हो ।

    हालसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएमा मृतकका परिवारलाई ७ लाख रुपैयाँ आर्थिक सहायता दिँदै आएको थियो । श्रम मन्त्रालयका सचिव केवल भण्डारीले उक्त आर्थिक सहायता निकै कम भएको भन्दै यसलाई बढाएर १० लाख पुर्‍याइने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार