काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीर्ष दलको बैठकलाई शंकाको दृष्टिकोणले नहेर्न आग्रह गरेका छन् ।
शनिबार नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तीन दलको बैठक सदनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी कायम गर्न मात्रै बस्ने गरेको बताएका हुन्।
केपी शर्मा ओली, शेरबहादुर देउवा र आफ्नो नक्कली भुटानी शरणार्थी प्रकरणमा भित्र र बाहिर दोषीलाई कारबाही र निर्दोष नफसुन् भन्ने नै रहेको जानकारी गराए। प्रचण्डले आन्दोलनलाई सामसुम पार्न र कसैलाई बचाउन शीर्ष नेताको बैठक नबसेको प्रष्ट पारे।
उनले भने, ‘सदनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी कायम गर्न हामी बैठक बसेका हौं। शंकाको दृष्टिकोणले नहेरौं। परिवर्तनलाई उल्टाउने दुस्साहस भइरहेको हामीले महसुस गरेका छौं। परिवर्तनको रक्षाका लागि योगदान पुर्याएका प्रमुख दलहरु मुख्यतः सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न नै हो। यसमा शंका गर्नुपर्ने कारण छैन। ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend